NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सम्भोगपछि किन हुन्छ पिडा ? समाधान के ?

काठमाडौँ । सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन । किनकि, यसले ठूलो समस्याको रूप पनि लिन सक्छ । चिकित्सकका अनुसार सेक्सुअल रूपमा सक्रिय महिलाले वर्षमा कम्तीमा तीनपटक स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । र, चिकित्सकसँग महिनावारी, शिशुको जन्म र लैंगिक स्वास्थ्यबारे राम्रोसँग खुल्नुपर्छ । त्यस्तै, सम्भोगपछि पीडाको समस्या भए त स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ । योनिको संक्रमण, ओबेरियन सिस्ट या एन्डोमेट्रिसको कारण पनि यस्तो हुन सक्छ । यी हुन् सम्भोगपछि पेट दुख्नुका केही कारण :

भेजिनिसमस
सम्भोगका क्रममा योनिको मांसपेशी कडा हुने अवस्थालाई भेजिनिसमस भनिन्छ । यस्तो अवस्थामा निकै पीडा हुने गर्छ । यस्तो समस्याले सम्बन्धमा पनि तनावको वातारण सिर्जना गर्छ ।

पेल्भिक सुन्निएमा
जो महिलाको पेल्भिक सुन्निने गर्छ, त्यस्ता महिलालाई शारीरिक सम्बन्धपछि ऐठन हुने गर्छ । यस्तो महिलालाई पिआइडी, क्लेमाइडिया, यौन सञ्चारित रोग या गोनोरिया पनि हुन सक्छ । पिआइडी भएमा फेलोपिन ट्युब र गर्भाशयसमेत सुन्निने गर्छ । जसका कारण सम्भोगका क्रममा वा पछि दुखाइको अनुभव हुन्छ ।

मेनोपोज
केही महिलामा अर्गेज्मपछि पेटको तल्लो भागमा गम्भीर दुखाइ हुने गर्छ । ३५ देखि ५५ वर्ष उमेर समूहका महिलामा यस्तो समस्या भएमा अर्गेज्मको समय दुख्ने गर्छ । त्यस्तो भएमा मेनोपेजको अवस्था आएको सम्झनुपर्छ ।

योनिमा सुक्खापन
सुक्खा भेजाइनाका कारण पनि सम्भोगका क्रममा पीडा हुने गर्छ । औषधिको अत्यधिक प्रयोग र तनावले भेजाइनामा सुक्खापना आउछ । बच्चा जन्मिएपछि पनि भेजाइनामा सुक्खापन आउन सक्छ, जुन साइड इफेक्ट हो । पछिल्लो समय बढ्दो उमेरका महिलामा मेनोपेजको संकेत पनि देखिन थालेको छ । यस्तो समस्या सुधार्नका लागि स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ ।

सिस्ट या फिन्ब्रोइडस
फिन्ब्रोइडस भनेको नन कन्सेरस ट््युमर हो, जुन महिलाको युटेरसमा हुन्छ । यो आमसमस्या हो, जसबाट कुनै खतराचाहिँ हुँदैन । सिस्ट ओभरीमा हुन्छ । कहिलेकाहीँ सिस्ट र फिन्ब्रोइडस दुवैले सम्भोगका क्रममा पीडा दिने गर्छन् । फिन्ब्रोइडसका कारण महिनावारीका क्रममा अत्यधिक रगत बग्न सक्छ । यसकै कारण सम्भोगपछि पेट पनि दुख्ने गर्छ । र, सिस्ट फुट्न जान्छ । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिइरहनुपर्छ ।

महिनावारी
पिरियडका समय असावधानीपूर्वक शारीरिक सम्पर्क राख्दा पनि पेटमा दुखाइको समस्या हुन सक्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा गर्भाशयमा चोट पुग्ने खतरा हुन्छ । किनभने, यस्तो समय महिलाको योनि निकै लचिलो हुन्छ । जसका कारण आरामसँग सम्भोग गर्न सकिने भए तापनि पछि समस्या निम्तिन्छ । यसले गर्भाशयमा पनि चोट पुग्न जान्छ ।

शिशु जन्मिएपछि
प्राकृतिक रूपमा शिशुलाई जन्म दिएको केही दिनमै सम्भोग गरेको अवस्थामा दुखाइ हुन सक्छ । यसको मुख्य कारण भनेको शिशुलाई जन्म दिएपछि भेजाइना निकै संवेदनशील हुन्छ । त्यसैले यस्तो वेला शारीरिक सम्पर्कबारे सोच्नुभन्दा पहिले आफैँलाई केही समय दिनुपर्छ ।

संक्रमणका कारण
संक्रमण भएमा पनि शारीरिक सम्पर्कपछि पेटमा दुखाइ हुने गर्छ । संक्रमणका कारण सम्भोगका वेला पनि कठिनाइ उत्पन्न हुन्छ । अर्को डर के भने यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा संक्रमणका कीटाणु गर्भाशयमा प्रवेश गरेर त्यसलाई पनि प्रभावित पार्न सक्छ । जसका कारण पेटको दुखाइ हुन्छ । त्यसैले संक्रमितको समस्या भएमा सम्पर्कको अवस्थामा सावधानी अपनाउन जारुरी हुन्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा सुरक्षा प्रयोग गर्न पनि जरुरी हुन्छ, ताकि संक्रमण नफैलियोस् ।