NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बालुवाटारमा बसेको माओवादी घटकहरूको बैठकमा के भयो सहमति ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरूको बैठकले विस्तृत शान्ति सम्झौताविपरित अदालतबाट द्वन्द्वकालिन मुद्दा उठाउन खोजेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

मंगलबार बिहान सत्तारूढ दल माओवादी केन्द, नेकपा (माओवादी क्रान्तिकारी), विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत, बैज्ञानिक समाजवादी, बाबुराम नेतृत्वको नेपाल समाजवादी लगायत घटकहरू सहभागी भएका थिए । करिब एक घण्टा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डमाथि लगाइएको फौजदारी मुद्दा, शान्ति प्रक्रिया र समग्र माओवादी आन्दोलनका विषयमा गम्भीर समीक्षा भएको नेता विश्वभक्त दुलाल आहुतीले जानकारी दिए ।

‘जनयुद्धका क्रममा घटेका घटनाहरूलाई विस्तृत शान्ति सम्झौताविपरीत अदालतबाट उठाउन थालिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी सबै घटकहरू यसविरूद्ध एक भएर संघर्ष गर्ने विषयमा छलफल भयो’, उनले भने ।

तीन वर्षअघि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरूद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै १९ फागुनमा सर्वोच्चमा रिट दिएका थिए ।

निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशविरुद्ध माओवादी घटकहरू एकजुट भएका हुन् ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष