NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

थरीथरीका दाल : कुन दालकाे विशेषता के ?

एजेन्सी । अहिले घर घरमा दालको परिकार पाक्ने गर्छ । दाल प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । जसले शरीरमा पोषण प्रदान गर्छ । दालका प्रकार अनुसार यीनिहरुले दिने पोषणमा भने फरक हुने चिकित्सक बताउँछन् ।यसमा पर्याप्त मात्रामा फाइबर हुने भएकाले यसले शरीरका लागि चाहिने आवश्यक तत्व दिन्छ । कब्जियत तथा एसिडिटीको समस्या भएका मानिसलाई यसले अझ बढी फाइदा गर्नुका साथै रक्तचाप पनि नियन्त्रण गर्छ ।

कुन दालका फाइदा कस्ता

मुगीको दाल

मुगीको दाललमा खाना पचाउन सक्ने गुण हुन्छ । मुगीको दालले शरीरमा फाइबर, आइरन र प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । यो मधुमेह भएका बिरामीको लागि राम्रो मानिन्छ । त्यस्तै यसमा कोलेस्ट्रोल घटाउने तत्वसमेत हुन्छ ।

चनाको दाल

चनाको दालमा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरलाई स्वस्थ राख्नुका साथै ऊर्जा पनि दिन्छ । बढ्दो बच्चा र युवाले विशेष गरी चनाको दाल खानुपर्छ, यसले शरीरमा प्रोटिनको कमीलाई हटाउँछ।

चनाको दालले खानामा रुची जगाउँछ । साथै यो दाल कलेजो, मुटुका बिरामीका लागिसमेत राम्रो मानिन्छ । यसले शरीरमा रगको प्रवाहलाई बढाउँछ भने रगत सफा राख्ने गर्छ । रक्तअल्पता, जन्डिस, कब्जियत जस्ता समस्याबाट ग्रसित व्यक्तिका लागि चनाको दालको लाभदायक हुन्छ ।

रहरको दाल

रहरको दालले भिटामिन र मिनरल्सको कमी पूरा गर्छ । यसमा प्रोटिन, पोटासियम, सोडियम, भिटामिन ए, बी, कार्बोहाइड हुने गर्छ । जुन स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

मुसुरोको दाल

यो दालमा फाइबर र प्रोटिन अधिक मात्रामा हुन्छ । मुसुरोको दालले पेट तथा पाचनसँग सम्बन्धित रोग निको पार्न सहयोग गर्छ । यसले घाँटी र आन्द्राको समस्यासमेत हटाउँछ ।