NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महिला दिवसमा इसेवाको अफर : महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट

काठमाडौं । इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर अन्तर्गत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य (इन्ट्रिगेसन) गर्दा इन्ट्रिगेसन शुल्क लाग्ने छैन । यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेसनको शुल्क लाग्नेछैन ।

यस अफरमा सहभागी हुन नारीहरुले तीन महिनाभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ । यसैगरी नारी दिवसको दिन नारीहरुले इसेवा मार्फत एनटीसी तथा एनसेल मोबाइलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ । यसका लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ । देशको आधा जनसंख्या ओगटेका नारीहरूको सम्मानमा इसेवाले यस किसिमको छुट सुविधा ल्याएको हो ।

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।

ताजा अपडेट

नेपालवाच विशेष