NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रह्यो : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल र उत्कृष्ट रहेको दाबी गरेका छन् ।

भोजपुरको गाउँमा जन्मिएर नेपालको पहिलो महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको पहिलो र दोस्रो कार्यकाल सफल र मर्यादित भएकोसमेत बताए ।

बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको पहिलो राष्ट्रपतिमा भण्डारीलाई पाउनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको जिकिर गरे ।

‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सेवा गर्नुभयो । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो’, ओलीले भने ।

अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने बताए ।