NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेविसंघका अध्यक्ष शेर्पालाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । कांग्रेसनिकट भातृसंगठन नेविसंघ मकवानपुरले अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न सभापति शेरबहादुर देउवासमक्ष माग गरेको छ। मकवानपुर सभापति बुद्ध लामाले बुधबार देउवालाई पत्र पठाउँदै अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन्।

‘नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दोजाङ शेर्पाले कांग्रेस जिल्ला कार्यसमितिले नेविसंघ केन्द्रीय कार्यसमितिलाई सर्वसम्मतरुपमा सिफारिश गरेको अध्यक्षसहितको कार्यसमितिको बर्खिलापमा मकवानपुरको क्याम्पसहरूको स्ववियु निर्वाचनमा नेविसंघलाई असफल बनाउने भूमिकाका साथ मक्कवानपुर जिल्लामा नेविसंघको साधारण सदस्यसमेत नरहेको र नेविसंघको कुनैपनि गतिविधिमा संलग्न नभएको व्यक्तिलाई दबाब र प्रभावमा परी अध्यक्ष बनाइएको कुरा सामाजिक सन्जालहरूमा देखिन आएकाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ’,पत्रमा उल्लेख छ ।

सभापति लामाले मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरको अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष भएको देउवालाई स्मरण गराएका छन् ।

‘नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ,’ पत्रमा भनिएको छ।

नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख छ।

ताजा अपडेट

नेपालवाच विशेष