NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मिलान क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

काठमाडौं । इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ बाट बाहिरिएको छ । एसी मिलानले भने क्वाटरफाइनल यात्रा तय गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा गएराति भएको खेलमा इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको टोटेनहम बाहिरिएको हो ।

मिलान भने क्वाटरफाइनलमा प्रवेश गर्यो । पहिलो लेगमा विजयी भएको मिलान समग्रमा १–० को गोलान्तर बनाएर क्वाटरफाइनल प्रवेश गरेको हो ।

गएराति सम्पन्न खेलमा टोटेनहमका १० खेलाडीमा सीमित बन्नुपर्यो । क्रिस्टियन रोमेरोले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडी लिएर प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको हो ।