NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

रविलाई सुरेन्द्र पाण्डेको प्रश्न : युवा क्षमताको परिक्षण गराई रहेको त छैन ?

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले रास्वपाका सभापति रवि लामिछानेको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । राष्ट्रपतिको निर्वाचनमा आफ्नो धारणा सार्वजनिक गर्न ढिलाइ गरिएकोप्रति प्रश्न उठाएका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् युवाले नेतृत्व गरिरहेका भनिएका राप्रपा र रास्वपाले धारण सार्वजनिक गर्न ढिलाइ गर्नु वा अझै गर्न बाँकी रहनुले युवा क्षमतामा परिक्षण गराइरहेको त छैन भनि प्रश्न उठाए ।

‘युवाले नेतृत्व गरिरहेका भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा आफ्नो धारणा धेरै ढिला गरि गर्नु र अझै गर्न वाँकी हुनुले युवा क्षमताको परिक्षण गराई रहेको त छैन ? रविमाथि उनले प्रश्न उठाए ।

नेपाली राजनीतिमा केहि समययता युवाको आवश्यकता, युवा नेतृत्व र नयाँ पार्टीको आवश्यकताको बारे बहस चलिरहेको भन्दै युवाहरू राजनीति र देश निर्माणको कठिन यात्रा र अग्नि परिक्षामा उतिर्ण हुन सबैसामु ठुलो चुनौती रहेको उल्लेख गरका छन् ।