NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

लिग टू : नेपाल र युएई आज भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गत नेपालले आज युएईको सामना गर्दैछ । लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल अहिले बिहान ९ बजे कीर्तिपुरस्थित टियु मैदानमा हुने तय छ ।

यसअघि सम्पन्न पहिलो खेलमा नेपालले युएईमाथि जित निकालेको थियो । त्यसैले आज पनि घरेलु टोली यो श्रृंखलालाई निरन्तरता दिन चाहन्छ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्न बाँकी तीन खेलमा जित निकाल्नुपर्ने दबाबमा नेपाल छ ।

युएईचाहिँ आजको खेलमा नेपालसँग बदला लिने दाउमा छ । विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना समाप्त पारेको यूएईको ध्यान अब बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको मान्यता हासिल गर्नेछ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा छ भने युएई ३३ खेलमा १४ खेलमा जित तथा १६ हारका साथ ३१ अंक जोड्न सफल भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष