NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

लिग टू : युएईले टस हार्यो, नेपाल ब्याटिङमा

काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गतको अन्तिम शृंखलामा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोज्ने निर्णय लिएको हो ।

युएईले भने सुरुमा फिल्डिङ गर्नेछ ।

आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल सहभागी हुने छैनन् । उनीहरूको स्थानमा स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर गुलशन झाले अवसर पाएका छन् ।

सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपालले युएईमाथि जित निकालेको थियो । त्यसैले आज पनि घरेलु टोली यो श्रृंखलालाई निरन्तरता दिन चाहन्छ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्न पनि नेपालले योसँगै बाँकी दुई खेल जित्नुपर्ने दबाब छ ।

युएईचाहिँ आजको खेलमा नेपालसँग बदला लिने दाउमा छ । विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना समाप्त पारेको यूएईको ध्यान अब बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको मान्यता हासिल गर्नेछ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा छ भने युएई ३३ खेलमा १४ खेलमा जित तथा १६ हारका साथ ३१ अंक जोड्न सफल भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष