NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सिन्धुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । ओखलढुंगाबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे सिन्धुलीकाे फिक्कल गाउँपालिकामा दुर्घटना भएको थियाे। दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

घाइते भएकालाई  खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।