NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेसबाट अलग भए रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेस त्यागेका छन् । झण्डै सात दशक कांग्रेस राजनीतिमा सक्रिय रहेका पौडेलले आइतबार पार्टीबाट अलग भएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यलयमा पत्रचार गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२५ फागुनमा राष्ट्रपति भएका पौडेलले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै संवैधानिक व्यवस्थाअनुसार सांसद पद स्वतः खारेज भइसकेको छ । मंसिरमा भएको निर्वाचनतमा पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित राष्ट्रपतिको तलब कति ?