NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सेल्फीले बिगार्न सक्छ अनुहार

एजेन्सी । स्मार्टफोनको प्रयोगसँगै सेल्फी खिच्ने क्रम तीव्र रुपमा बढेको छ । एक जना व्यक्तिले एक वर्षमा औसत ४५० वटा सेल्फी लिन्छन् । तर एक अध्ययनअनुसार सेल्फीले अनुहार बिगार्न पनि सक्ने देखिएको छ ।

युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका हुन् । बेलायतमा नाकको सर्जरी गर्नुलाई राइनोप्लास्टी भनिन्छ । कस्मेटिक सर्जरीमा यो सबैभन्दा बढी लोकप्रिय छ ।

शोधकर्ताका अनुसार सेल्फीको लोकप्रियताका बीच राइनोप्लास्टी गर्नेहरुको संख्या पनि बढेको छ । अध्ययनमा संलग्न डा। बर्दिया अमिरलकका अनुसार सेल्फीको सोख र राइनोप्लास्टीबीच विशेष सम्बन्ध छ । सेल्फीमा अनुहार खराब देखिएपछि सर्जरी गर्न जानेको संख्या पनि बढीरहेको छ ।

अध्ययनमा सहभागी ३० स्वयंवसेवकले सेल्फीले कसरी अनुहार बिगार्छ भनेर जान्ने प्रयास गरेका थिए । उनीहरुमध्ये ३ जनाले १२ र १८ इन्चको फरकमा लिएको र अर्को ५ फिटको दूरीमा डिजिटल क्यामेराले सेल्फी खिचेका थिए ।

डिजिटल क्यामेराबाट लिएको फोटोको तुलनामा १२ इन्चको दूरीबाट लिएको सेल्फीमा नाक ६।४ प्रतिशत लामो र १८ इन्चको दूरीमा लिएको सेल्फीमा ४ दशमलव ३ प्रतिशत लामो देखिएको थियो । अनुसन्धानकर्ताहरुले सेल्फीमा अनुहार राम्रो नदेखिँदा यसले मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्ने चेतावनी दिएका छन् ।