NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कुलमान घिसिङको उपस्थितिमा दुगड ग्रुपले ल्यायो नयाँ ‘इलेक्ट्रिक स्कुटर’, यस्ता छन् विशेषता 

काठमाडौं । इन्धनको बढ्दो मूल्यसँगै हिजोआज बजारमा विद्युतीय साधनको प्रयोग बढ्न थालेको छ ।

विद्युतीय सवारीमा थप ‘भेराइटी’ पस्किने उद्देश्यले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक भएको छ । दुगड ग्रुपले आजबाट जेसिस ब्रान्डको विद्युतीय स्कुटर भित्र्याएको हो ।

आज राजधानीमा एक कार्यक्रम गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा उक्त स्कुटर सार्वजनिक गरिएको छ । कम्पनीले आज तीनवटा रङको उक्त स्कुटर सार्वजनिक गरेको छ । इन्डोनेसियन ब्राण्डको यो स्कुटरको पहिलो शोरुम नक्सालमा स्थापना गरिएको छ ।

यो स्कुटरले एक पटक चार्ज गरेपछि १०० किलोमिटर कुदाउन सकिन्छ । स्कुटरमा ५ केडब्लूको विद्युतीय मोटर जडान गरिएको छ भने ७१ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री जडित छ ।

सिंगल ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ४९ हजार ९ सय रूपैयाँ छ भने डबल ब्याट्री रहेको स्कुटरको मूल्य ४ लाख ९ हजार ९ सय रूपैयाँ छ ।

यस्ता छन् यसका विशेषता :

१.स्कुटर रातो, सेतो र कालो गरी तीन रङमा उपलब्ध रहेको छ ।

२.नेपालमा उपलब्ध भएको अहिलेसम्मकै सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर हो ।

३.अन्य स्कुटरमा नभएको मोनो सक यो स्कुटमा रहेको छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डाखुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकाले चालकले आनान्दको महसुस गर्न सक्नेछन् ।

४.अन्य स्कुटरमा नभएको ड्राइ बेल्ट यस स्कुटरमा रहेको छ ।

५.दुइवटा डिस ब्रेक जडान गरिएको छ ।