NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

किताबखानासँग छैन सचिव र सहसचिवको शैक्षिक विवरण, ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । राष्ट्रिय किताबखाना निजामतीले नेपाल सरकारका सचिव र सह सचिव तहका कर्मचारीहरूलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

सरकारले कर्मचारीको सरूवा, बढुवा र पदस्थापन उनीहरूको विज्ञताका आधारमा गर्ने तयारी गरेसँगै किताबखानाले यस्तो सूचना जारी गरेको हो ।

किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेका अनुसार कतिपय कर्मचारीको सेवा प्रवेश गर्दाकोमात्रै शैक्षिक विवरण रहेको छ भने कतिपयको सरुवा बढुवाको विवरण पनि छैन ।

सरकारको तयारीसँगै समयमै विवरण अद्यावधिक गर्न लागिएको उनले जानकारी दिए । ‘यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि हो,’ उनले भने । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरेको बुझिएको छ ।

सचिव र सहसिचवको पदमा पुगेका कतिपय कर्मचारीहरू सुरुमा खरिदार वा नायब सुब्बा तहको पदबाट सेवा प्रवेश गरेका थिए ।

त्यतिबेला उनीहरूले व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहकोमात्रै शैक्षिक प्रमाणपत्र अद्यावधिक गराएका थिए ।

उनीहरूको थप शैक्षिक योग्यताको प्रमाणपत्र हाल किताबखानासँग छैन । विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेल मार्फत वा स्वय कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गइ विवरण अवधिक गर्न सकिने किताबखानाले जनाएको छ ।

हाल निजामती सेवामा सचिव सरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

सरकारले छिटै नै संघीय निजामती सेवा ऐन जारी गर्दै छ ।