NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै

काठमाडाैं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

यी दुई लघुवित्त मर्जरपश्चात सिवाईसी नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते एक आपसमा मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।