अभिनेत्री वर्षाको सम्बन्ध बिच्छेद भएको हो ?

काठमाडौं । विवाह गरेको केही समयमा नै अभिनेत्री वर्षा शिवाकोटी र उनका श्रीमान आशिष गेलालबीचको सम्बन्धमा दरार आएको छ ।
उनका श्रीमान आशिष गेलालले अकै युवतिसँग विवाह गरेका छन् । वर्षाले अमेरिका निवासी गेलालसँग गत बैशाखमा मागी विवाह गरेकी थिइन्। विवाह गरेको केही समयमा नै यी दुईको सम्बन्ध राम्रो नभएको टिकाटिप्पणी भइरहेको थियो ।
अहिले आशिषले अर्को विवाह गरेको तस्बिर सामाजिक सञ्जालमा छरपस्ट भएका छन् । उनको विवाहपछि वर्षाले पनि सामाजिक सञ्जालमा एक तस्बिर राख्दै ‘उज्यालो दिन ढले पछि, मात्र तारा चम्किन्छ नि’ भनेकी छन् । उनको यो अभिव्यक्तिले उनीहरुबीच सम्बन्ध बिच्छेद भएको अनुमान गर्न सकिन्छ ।
ताजा अपडेट
-
दुई महिनदेखि प्रशासन कार्यालय प्रमुखविहीन, सेवा प्रवाहमा समस्या
-
नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण
-
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
-
आइपिओ निष्काशन गर्दै भूगोल इनर्जी, कसले दिन पाउँछन् आवेदन ?
-
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
प्रतिक्रिया