NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रमुख प्रतिपक्षी दलको नेतामा एमालेको दाबी

काठमाडौं । सत्ताबाट भर्खर बाहिरिएको एमालेले संसदीय दलका नेता केपी ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्राचार गरेको छ ।

सत्ता समीकरण बदलिएपछि १५ फागुनमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।

एमाले महासचिव शंकर पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ओली स्वतः विपक्षी दलको नेता भएको जिकिर गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको कांग्रेस उपराष्ट्रपतिको निर्वाचनपछि सरकारमा जाने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर देउवालाई विपक्षी दलको नेता बनाएको भन्दै आलोचना भएको थियो । देउवालाई प्रतिपक्षी दलको नेता बनाएको भन्दै संसद सचिवालयविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।