मौसम : यी चार प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया