NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको नयाँ ब्याजदर आजदेखि लागू, कसको कति ?

काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागू हुने भएको छ ।

यसअघि वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैत १ गतेदेखि कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय लिएका थिए । सोहीअनुसार आजदेखि ब्याजदर घटेको हो ।

योसँगै आजदेखि निक्षेपमा ०.५ र कर्जामा १ प्रतिशत दर घटाउने निर्णयअनुसार ब्याजदर घट्नेछ ।

बैंकहरूले कर्जा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ ।

बैंकहरूले अब निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन यसअघि साधारण बचतमा न्यूनतम ६.४२ देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर कायम थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ ।

त्यसैगरी, बैंकहरूले संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर कामय गरेका छन् ।

विकास बैंकहरूले पनि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म घटाएका छन् । एक वर्ष वा सोभन्दा माथिका व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत प्रतिशत कायम भएको छ ।

एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर दिने निर्णय पनि आजदेखि लागू भएको छ ।

नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले पनि मुद्दती निक्षेपको ब्याज घटाएको छ । उसले ०.२० प्रतिशतले ब्याजदर घटाएको हो ।

फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएका छन् । अब भने ११ दशमलव ९० प्रतिशत कायम भएको छ ।