NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जुही चावलासँग विवाह गर्न चाहन्थे सलमान

एजेन्सी । कुनै समय थियो जब बलिउड अभिनेता सलमान खान जुही चावलासँग बिहे गर्न चाहन्थे । यसका लागि सलमानले जुहीका पितासँग उनको हात पनि मागेका थिए । तर, जुहीका पिताले सलमानको प्रस्तावलाई मानेनन् ।

यतिबेला सरमानलेको एउटा पुरानो अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा उनले जुहीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका छन् । तर, सन् १९९५ मा जुहीले व्यापारी जय मेहतासँग विवाह गरिन् । सलमान र जुहीले सन् १९९७ मा फिल्म ‘दिवाना मस्ताना’मा सँगै काम गरेका थिए ।

जुहीका श्रीमान जय मेहता पहिले नै विवाहित थिए। जब जुहीले जयलाई पहिलो पटक भेटेकी थिइन्, उनकी पहिलो पत्नी सुजाता बिर्लाको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटनापछि जुही र जयबीचको निकटता बढ्यो र त्यसपछि दुवैले विवाह गरे । जुही र जयको उमेरमा ७ वर्षको अन्तर छ । उनीहरुका दुई सन्तान छोरी जान्हवी र छोरा अर्जुन छन् । जुहीका पति जय मेहता बहुराष्ट्रिय कम्पनी मेहता ग्रुपका मालिक हुन्। उनका दुईवटा सिमेन्ट कम्पनी पनि छन् । शाहरुख खानसँगै उनी आईपीएल टोली कोलकाता नाइट राइडर्सका लगानीकर्ता पनि हुन्।

यता सलमान खान भने अझै अविवाहित नै छन् । उनले आफ्नो जीवनमा धेरै अभिनेत्रीहरूसँग डेट गरेका छन् । तर उनको सम्बन्ध कसैसँग पनि लामो समयसम्म टिक्न सकेन । उनको र ऐश्वर्या राईको सम्बन्धको सबैभन्दा बढी चर्चा भएको थियो ।

सलमान र ऐश्वर्या सन् १९९७ मा ‘हम दिल दे चुके सनम’ को सेटमा नजिक आएका थिए । तर, पछि उनीहरुको ब्रेकअप भयो । यसबाहेक सलमानको सम्बन्ध संगीता बिजलानी, सोमी अली र कट्रिना कैफसँग पनि थियो । हाल उनी रोमानियाली मोडल युलिया वन्तुरसँग सम्बन्धमा रहेको बताइन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष