NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यी लक्षण देखिए हुन सक्छ उच्च रक्तचाप

एजेन्सी । खानपानमा गडबडी र गलत जीवनशैलीका कारण धेरै किसिमका रोग लाग्ने गरेको छ । खराब खानपान र जीवनयपनकै कारण हुनेमध्ये रक्तचापसम्बन्धी समस्या पनि एक हो ।

रक्तचापमा समस्या आउँदा शरीरको रक्तप्रवाह असन्तुलित हुन्छ । मुटुले हाम्रो शरीरका सबै अंगहरूमा रगत पम्प गर्ने काम गर्छ । जबसम्म मुटुले शरीरका सबै अंगहरूमा सामान्य रूपमा रगत पम्प गर्न सक्षम हुन्छ, त्यसलाई सामान्य रक्तचाप भनिन्छ ।

सामान्यतया टाउको दुख्नु, छटपट हुनु, शरीरमा अत्यधिक पसिना आउनु उच्च रक्तचापका लक्षण हुन् । यी बाहेक उच्च रक्तचारपको समस्या हुँदा व्यक्तिलाई अत्यधिक थकान लाग्ने, चक्कर वा वेहोस हुनु, छाला चिसो हुनु वा छाला पहेंलो हुने जस्ता लक्षण देखापर्छ ।

कसरी बच्ने ?

१) उच्च रक्तचापको समस्याबाट बच्न नियमित रूपमा स्वस्थ्य र सन्तुलित आहार लिनुपर्छ ।

२) खानामा नुनको मात्रा घटाउनुपर्छ र पोटासियमको मात्रा बढाउनुपर्छ ।

३) कम बोसोयुक्त खानेकुरा खानुपर्छ ।

४) फलफूल र तरकारी प्रशस्त्र मात्रामा खाने ।

५) मोटोपनाले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ, त्यसैले तौल नियन्त्रण गर्नुपर्छ।

६)  धुम्रपान र मद्यपानबाट त्याग्नुपर्छ ।