NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उपराष्ट्रपति पत्नी भन्छिन्, गाईबस्तु छाडेर कसरी काठमाडौं बस्नु ?

बारा । काठमाडौंमा मुलुकको तेस्रो राष्ट्रपति चयन भइरहँदा रामसहायप्रसाद यादवकी पत्नी चम्पादेवी शुक्रबार दिउँसो बाराको कलैया–५, गोरुबजारस्थित गोठमा गाई स्याहार्न व्यस्त थिइन् । उपराष्ट्रपतिमा श्रीमान्ले जित्ने निश्चित रहेको भेउ पाएर मख्ख बनेकी उनी व्रत पनि बसेकी थिइन् ।

एक महिनाअघि काठमाडौं गएका श्रीमानले बोलाए पनि घरको जिम्मेवारीले जान सकेकी थिइनन् । छिमेकीसँग कुरा गर्दै घरमा रमाइरहेकी चम्पादेवीले भनिन्, ‘घर वरिपरि सर्प हुन्छ, गाईबस्तुलाई टोक्न सक्छ । कसरी छाडेर आऊँ भनेर उहाँलाई भनेँ ।

गाईबस्तुको स्याहारदेखि घरको रेखदेख सबै आफैंले सम्हालेको उनले बताइन् । काठमाडौं नै बस्ने गरी जाने चाहना उनमा छैन । किनकि, उनी खेतीकसानी र गाईबस्तुको रेखदेख छाड्नै सक्दिनन् ।

‘घरबार र गाईबस्तु छाडेर काठमाडौं कसरी बस्नु र ? ५ वर्षपछि उहाँ यही आएर बस्नुहुन्छ । सधैंका लागि कहाँ हो र ?,’ उनले भनिन् ।

घर छाडेर जानै नसक्ने अडानमा रहेकी उनलाई काठमाडौंबाट आफन्तले जसरी भए पनि एक पटक आउन कर गरेपछि भाइ अनिल यादवसित बेलुका काठमाडौं हिँडेकी छन् । घरगोठ छिमेकी हिरालाल गुप्ताको जिम्मा लगाएर उनी सिमरा विमानस्थलबाट काठमाडौं गएकी हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष