आज अदालतमा हाजिर हुँदै इमरान खान

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन् । तोशाखाना मुद्दामा उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
यस मुद्दामा उनीविरुद्ध गैरजमानती वारेन्ट जारी गर्दै मार्च १८ मा अदालतमा उपस्थित हुन भनिएको थियो ।
बिबिसीका अनुसार, यो मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन गरिएको छ । तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखले आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेपछि त्यसलाई परिवर्तन गरेर न्यायिक कम्प्लेक्समा सारिएको छ ।
यसैबीच, इमरान खानलाई शुक्रबार लाहोर उच्च अदालतले नौ मुद्दामा सुरक्षात्मक जमानत पनि दिएको छ।
इमरान खानका वकिलले उनलाई १५ दिनको समय दिइएको खण्डमा सबै मुद्दामा उपस्थित हुन प्रयास गर्ने बताएका छन् ।
ताजा अपडेट
-
माओवादीका चर्चित नेता कुशवाहा किन जनमत पार्टी प्रवेश गरे ?
-
दर्शकको रोजाइमा किन पर्छन् हास्यविधाका चलचित्र ?
-
भागबण्डाको उल्झनमा गठबन्धन : प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको भारी कहिलेसम्म बोक्ने ?
-
जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा
-
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
प्रतिक्रिया