NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कांग्रेसले भोलि विश्वासको मत दिएर सरकारमा सहभगी हुने

काठमाडौं । सोमबार सरकारलाई विश्वासको मत दिन नेपाली कांग्रेस तयार भएको छ ।

पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

गत २६ पुसमा मात्रै सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बसेको थियो ।

राष्ट्रपति चुनावसँगै राजनीतिले नयाँ ‘ट्र्याक’ लिएपछि कांग्रेस पुनः सरकारमा सहभागी हुने भएको हो ।