NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मोबाइल बैंकिङ सेवा ब्लक भयो ? एनआइसीको आइसर्भमार्फत यसरी गर्नुहोस् अनब्लक

काठमाडाैं । प्रविधिको तीव्र विकाससँगै अहिले हरेक मानिस प्रविधिमा निर्भर हुन थालेका छन् । नयाँ नयाँ प्रविधिको विकास भएसँगै अब मानिस प्रविधिकै प्रयोग गरी कामलाई थप छिटो छरितो र झन्झटमुक्त हुन चाहान्छन् ।

अबका कम्पनी संघसंस्थाहरु अनिवार्य रुपमा प्रविधिमा जोडिनुपर्ने परिस्थिति सिर्जना भइसकेको छ । बैंक तथा वित्तिय संस्थालगायत विभिन्न सेवा प्रदायक संस्थाहरूले पनि विस्तारै प्रविधिलाई पछ्याउँदै समयसापेक्ष कम्पनीका सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएका छन् ।

पछिल्लो समय हरेक बैंकहरूले ग्राहकलाई डिजिटल प्रविधिको भरपूर प्रयोग गर्न लगाउने उदेश्यले नयाँ नयाँ डिजिटल सेवा ल्याइरहेको छ । सबैजसो बैंकले ग्राहकलाई प्रदान गर्ने सेवामध्ये एउटा सेवा मोबाइल बैंकिङ पनि हो ।

छिटो,छरितो, झन्झटमुक्त यो सेवा प्रयोग गर्ने ग्राहकको संख्या पनि थपिँदै गएको बैंकले जनाएको   छ । मोबाइल बैंकिङ प्रयोगकर्ताले यो सुविधा लिँदा कतिचोटि समस्या भने भोग्नुपरेको छ । जस्तै कतिचोटि मोबाइल  बैंकिङको पासवर्ड, पिनकोड बिर्सिदा गलत पासवर्ड हाल्दा यो सेवा ब्लक हुन जान्छ । जस्तै एनआइसीकै मोबाइल बैंकिङ चलाउने ग्राहकले केही गरेर पासर्वड बिर्सेर तीनपटकभन्दा बढी गलत लगइन पासवर्ड हाल्यो भने यो सेवा सिधै ब्लक हुन्छ ।

पहिले यो सेवा पुनः सुचारू गर्नको लागि बैंकको शाखा नै धाउनुपर्ने बाध्यता थियो । कम्पनीले अब भने यो सेवामा थप परिमार्जन गरी नयाँ सुविधा ल्याएको छ । अब मोबाइल बैंकिङ ब्लक भएको खण्डमा स्वंयले आइसर्भमार्फत अनब्लक गरी पुनः यो सेवा लिन सक्नेछन् ।

के हो आइसर्भ (iserve) डिजिटल सर्भिस?

एनआइसीले डिजिटल बैंकिङमा ल्याएको यो नयाँ सुविधा हो । यस सेवाअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ रजिष्टेसन, पिन रिसेट, मोबाइल बैंकिङ अनब्लक र आवश्यक परेको खण्डमा मोबाइल बैंकिङ सेवा ब्लकसमेत गर्न सक्नेछन् ।

यसबाहेक कस्टुम्बर सर्भिस जस्तै : खातामा रकमबारे जानकारी, चेक, स्टेटमेन्ट, मेरो सेयरलगायतको लागि अनुरोध गर्न सकिन्छ ।  टेलर सर्भिसअन्तर्गत चेक र क्यास डिपोजिटको लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै कार्डसर्भिस र अनलाइन डिम्याटको सेवा पनि यहाँबाट लिन सकिन्छ ।

आइसर्भमार्फत कसरी अनब्लक गर्ने ?

आइसर्भमार्फत ब्लक भएको मोबाइल बैंकिङ सेवा पुन: सुचारू गर्नका लागि एनआइसी मोबाइल बैंकिङ चलाउने ग्राहकले बैंकको वेबसाइट https://www.nicasiabank.com/मा जान सकिन्छ ।

त्यसपछि त्यहाँ आइसर्भ भन्ने देख्न सकिन्छ । त्यसमा क्लिक गर्ने । त्यसपछि मोबाइल बैंकिङ सर्भिसमा क्लिक गर्ने । त्यसपछिको स्टेपमा अनब्लक मोबाइल बैंकिङमा जान सकिन्छ ।

अबको स्टेपमा मागेअनुसार विवरण भर्नुपर्ने हुन्छ । जस्तै अकाउन्ट नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना । अब तपाइँले रजिष्टर्ड गरेको मोबाइल नम्बरमा ५ वटा नम्बर भएको भेरिफिकेसन कोड प्राप्त गर्नुहुने छ । उक्त कोडलाई २ मिनेटभित्र हालिसक्नुपर्ने हुन्छ । अब तपाइलाई मोबाइल बैंकिङ सेवा अनब्लक भएको जानकारी म्यासेजनमा प्राप्त हुने छ ।