NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सबै सासंदबाट शतप्रतिशत विश्वासको मत पाउने आशा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट शतप्रतिशत विश्वासकाे मत पाउने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै सासंदले विश्वासको मत दिने आस रहेको बताएका हुन् ।

‘पहिले मलाई ९९.२५ प्रतिशतले विश्वासको मत दिनुभएको थियो। भोलि शतप्रतिशतले दिनुहुन्छ भन्ने आशा छ,’ उनले भने । प्रधानमन्त्री दाहालले सोमबार संसदबाट विश्वासको मत लिँदै छन् ।