NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय 

काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा हुने १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । ३० वर्षे सेवा अवधि पुरा गरी महानिरिक्षक धिरजप्रताप सिंह चैत ११ गते अनिवार्य अवकास हुँदैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष