NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते
एजेन्सी । यो दौडधुपको जीवनमा हरेक व्यक्ति खुशी हुन चाहन्छ । यस्तोमा व्यक्तिको मनमा एउटै प्रश्न उठ्छ कसरी खुशी हुने ? वास्तवमा खुशी एक यस्तो चिज हो जसले व्यक्तिको सारा दुखलाई एक ठाउँमा राखी अनुहारमा मुस्कुराहट दिन्छ । व्यक्तिलाई खुशी हुने मन हुन्छ । तर काम वा अन्य कारण ऊ खुशी हुन सक्दैन् । त्यसो भए जीवनमा खुशी कसरी हुने त  ?
यस्ता छन् उपाय
बिहान सबेरै उठेर ध्यान गर्ने
ध्यान खुशी हुनको लागि ब्रह्मास्त्र हो । यसको माध्यमले हामी जीवनका सारा  दुःख भुलाउन सक्छौं । ध्यानले मन शान्त गराउँछ । जसले तनाव र चिन्तालाई केही समयभए पनि व्यवस्थापन गराउँछ ।
परिवार र साथीहरूसँग रमाउनुहोस् 
मनलाई खुशी पार्न परिवार र साथी एक राम्रो माध्यम हो । परिवार र साथीको सम्बन्धले हामीलाई खुशी प्रदान गर्न सक्छ । नजिकको व्यक्तिसँग कुरा गर्ने, रमाउने, घुम्ने गर्दा हामी धेरै हदसम्म खुशी हुन सक्छौं । कसैसँग आफ्नो मनको कुरा सेयर गर्दा पनि यसले हामीलाई हलुका बनाउँछ ।
अरुसँग तुलना नगर्ने
हामीजसो अधिकांशको बानी आफूलाई अन्य व्यक्तिसँग तुलना गर्ने हुन्छ। हरेक व्यक्तिको आफ्नै क्षमता हुन्छ । हामी कोही पनि अरू कोही जस्तो हुन सक्दैनौं । त्यसैले अरु सँग तुलना गर्ने बानीले पनि हामीलाई दुःखी बनाउँछ । आफू खुसी हुन अरुसँग आफूलाई तुलना गर्न छाड्नुपर्छ ।
सकारात्मक सोच
खुशी हुन शान्त मनसँगै सकारात्मक सोच पनि उत्तिकै आवश्यक छ । सकारात्मक सोच भएका व्यक्ति सदैव खुशी हुन सक्छन् । नकारात्मताले व्यक्तिको मन र मस्तिष्क दुवैलाई हानि गर्छ । किनभने नकारात्मक सोंचले व्यक्तिमा तनाव र चिन्ता सिर्जना गराउँछ । त्यसैले खुशी हुन सकारात्मक चिन्तन र सोच चाहिन्छ ।