NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सरकारमा जान एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले मन्त्रालय भागबण्डा, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल गर्न कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार कार्यदलले सरकार सञ्चालन, नीति तथा कार्यक्रम, उच्चस्तरीय राजनीति संयन्त्र, पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको छनोट लगाय विषयमा समन्वय गर्नेछ ।

सोमबार प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएको नेकपा एसले महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ ।