NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, बैशाख १० मा कहाँ कहाँ हुँदैछ चुनाव

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नका लागि दल दर्ता आह्वान गरेको छ ।

साेमबार आयोगले सूचना जारी गर्दै रिक्त रहेका चितवन–२, तनहुँ–१, बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

नागरिकता प्रकरणमा दोषी ठहर गर्दै चितवन–२ बाट निर्वाचित रास्वपाका सांसद रवि लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेको थियो ।

तनहुँ–१ मा निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल र बारा–२ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका छन् ।

त्यस्तै भ्रष्टाचार आरोपमा अदालतबाट दोषी करार भएका मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङको क्षेत्रमा भने निर्वाचन हुने/नहुने विषयमा आयोग मौन छ । आयोगले रिक्त यी क्षेत्रमा बैशाख १० मा निर्वाचन गराउने तयारी गरेको छ ।