NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?

एजेन्सी । अहिले घर बनाउने जोकोहीले पनि वास्तुशास्त्र अनुसार घर बनाउँछन् । वास्तुशास्त्र अनुसार घर बनाउँदा घर राम्रो हुने जनमानसको विश्वास छ ।

वास्तुशास्त्र अनुसार घरमा कुन दिशामा के हुनुपर्छ भन्नेबारे आफ्नै नियम लागू हुन्छ ।

कुन दिशामा के बनाउने ?

वास्तुका अनुसार घरको मुख्य ढोका पूर्व वा उत्तर दिशामा मात्र हुनुपर्छ । त्यस्तैगरी घरको ढलान पूर्व, उत्तरतर्फ हुनु शुभ मानिन्छ । वास्तु अनुसार घरको कोठा, हल, भान्छा, बाथरूम र शयनकक्ष एक विशेष दिशामा हुनुपर्छ । जसका कारण घरमा वास्तुदोष हुँदैन र मानिसहरु खुसी रहन्छन् भन्ने मान्यता छ ।

पूर्व दिशा

पूर्व दिशा भनेको सूर्योदयको दिशा हो । यस दिशाबाट सकारात्मक र ऊर्जावान किरणहरू हाम्रो घरमा प्रवेश गर्छन् । यदि घरको मुख्य ढोका यस दिशामा छ भने यो राम्रो मानिन्छ । तपाईं यो दिशामा झ्याल पनि राख्न सक्नुहुन्छ ।

पश्चिम 

तपाईंको भान्सा वा शौचालय पश्चिम दिशामा हुनुपर्छ । वास्तुअनुसार भान्सा र शौचालय एकअर्काको नजिक हुनु हुँदैन भन्ने मान्यता छ ।

उत्तर 

घरको झ्याल र ढोका यस दिशामा अधिकतम संख्यामा हुनुपर्छ । घरको बालकनी र हात बेसिन पनि यही दिशामा हुनुपर्छ भनिन्छ ।

दक्षिण 

दक्षिण दिशामा शौचालय हुनुहुँदैन । यस दिशामा ढोका वा झ्याल राख्दा पनि घरमा नकारात्मक उर्जा आउँछ र अक्सिजनको मात्रा पनि कम हुने बताइन्छ । त्यस्तैगरी दक्षिण दिशामा शौचालय या झ्याल ढोका भएमा यसले घरमा त्रास बढाउँछ ।

उत्तरपूर्व

यसलाई ईशान दिशा पनि भनिन्छ । यो दिशा पानीको स्थान हो । यस दिशामा स्विमिङ पुल, पूजास्थल आदि हँदा राम्रो मानिन्छ ।

दक्षिणपूर्व 

यसलाई घरको दक्षिणपूर्व कोण भनिन्छ । यो आगो तत्वको दिशा हो। यस दिशामा ग्यास, ट्रान्सफर्मर आदि हुनुपर्छ ।