NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पूर्वमन्त्रीका सल्लाहकारसहित २१ ले छाडे माधव नेपालको साथ

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटीका २१ सदस्यले पार्टी परित्याग गरेका छन् । योसँगै संगठन सुदृढीकरण गर्ने प्रयासमै रहेको समाजवादीलाई काठमाडौंमा ठूलो धक्का लागेको छ ।

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्नुको उद्देश्यविपरीत दल अघि बढेको निष्कर्षसहित उनीहरूले मंगलबारबाट लागू हुने गरी पार्टी परित्याग गरेका हुन् । उनीहरूले पार्टी सत्ता लिप्सामा केन्द्रित भएको आरोप पनि लगाएका छन् ।

‘पार्टी गठन गर्नुको मिसन, भिजन केही पनि देखिएन । पार्टी खाली सत्तामको विषयमा मात्र केन्द्रित रहेका कारण बसिरहनुको औचित्य देखिएन,’ राजीनामा पत्रमा भनिएको छ ।

यसरी पार्टी परित्याग गर्नेमा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाका स्वास्थ्य सल्लाहकार तथा मनोहरा नगरपालिका इञ्चार्य डा. रमेश ढकाल, काठमाडौं २ का क्षेत्रीय संयोजक गोपीकृष्ण रिजाल, शंकरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्य छन् ।