NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

होण्डा टेक्निसियन स्किल कन्टेस्ट :  प्रथम विजेताले पाए ३० हजार पुरूस्कार

काठमाडाैं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको शीप र दक्षता अभिवृद्धि गर्ने र विक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसीयन स्किल कन्टेष्ट सञ्चालन गर्दै आएको छ । यसै क्रममा यसवर्ष पनि कम्पनीले होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न गरेको छ  ।

प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए । जसअन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेलले पाएका छन् । उनले ३० हजार रूपैयाँ  नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए ।

त्यस्तै द्वितिय पुरस्कार STC पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागीहरुले प्रमाण पत्र प्राप्त गरेका थिए । द्वितिय र तृतिय पुरस्कार विजेताले क्रमश २० हजार र तेस्रो हुनेले १५ हजार रूपैयाँ प्राप्त गरेका थिए ।

स्याकार ट्रेडिङ कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए । सो प्रतियोगिता होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधि भर सहभागी टक्निशियनहरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै Honda Standard Procedure अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जसअन्तर्गत काठमाण्डौ बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुरबाट २ जना, पोखराबाट २ जना र भैरहवा ट २ जना प्रतियोगीहरु छनोट भई आएका थिए ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रालीले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।