NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

करार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी गरेको छ ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने जानकारी दिएका हुन् ।

त्यसका लागि कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने उनले बताए ।

कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।