NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी हुन् ८ वर्ष कैद सजाय सुनाइएका उपसचिव

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा चार जना उपसचिवलाई सजाय सुनाएको छ । यसको साथै अन्य नौ जना कर्मचारीमाथि सजाय निर्धारण गरिएको छ ।

इटहरीस्थित यातायात कार्यालय, कोसीमा कार्यरत कर्मचारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा नौ जनालाई कसुर कायम गर्दै ३० फागुनमा विशेषले बुधबारका लागि सजाय निर्धारण पेसी तोकेको थियो ।

विशेष अदालतका उपरजिष्ट्रार नारद भट्टराईका अनुसार उपसचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाललाई आठ–आठ वर्ष कैद हुने भएको छ । उनीहरूलाई क्रमशः ३ करोड २ लाख, ५ करोड ८३ लाख र ६ करोड १७ लाख रूपैयाँ बिगो तथा बिगो रकमको दोब्बर जनही जरिवानाको सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालीगञम कोइराला र बलभदञ् बास्तोलाको इजलासले यस्तो फेस्ला गरेको हो ।

यातायात कार्यालयका लेखा अधिकृत कुमारबहादुर कटुवाललाई भने ६ वर्ष कैद हुने भएको छ । फैसलाअनुसार उनलाई ५० लाख ८२ हजार रूपैयाँभन्दा बढी बिगो र त्यसको दोब्बर जरिवाना भराइनेछ । अर्का लेखा अधिकृत टीकाराम अधिकारीलाई भने नौ वर्ष कैद, १४ करोड सात लाख रूपैयाँभन्दा बढी बिगो र यसको दोब्बर जरिवाना हुनेछ ।

यातायात कार्यालयका लेखापाल सुरेश अधिकारीलाई पनि नौ वर्ष कैद सजाय सुनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।