NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं बुधबार प्रतितोला २ हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार एक हजार २ सय रूपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार  भएको छापावाल सुन बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।

बिहीबारको लागि तेजावी सुन प्रतितोला एक लाख ८ हजार पाँच सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ३६० रूपैयाँका कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।