NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपालले आठ महिनामा कति चामाल आयात गर्‍यो ?

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन-फागुन) मा नेपालले ११ अर्ब ७६ करोड ३८ लाख ३५ हजार रुपैयाँको चामाल आयात गरेको छ ।

उक्त मूल्य बराबरको चामाल आयात गर्दा नेपालले एक अर्ब १७ करोड ७८ लाख ९१ हजार रूपैयाँको राजश्व संकलन गरेको छ ।

नेपालमा आयात हुने चामालमा सेमी मिल्ड अथवा होली मिल्ड, टुक्रेको चामाल आयात हुने गरेको पाइएको छ । जसमध्ये सबैभन्दा बढी सेमी मिल्ड अथवा होली मिल्ड ११ अर्ब ४८ करोड १० लाख रूपैयाँको आयात भएको छ । त्यसपछि टुक्रेको चामाल २८ करोड २७ लाख र खैरो चामाल २७ हजार रूपैयाँको भित्रिएको छ ।

नेपालले भारत, चीन, जापान अमेरिका, क्यानडा, सिंगापुर, भेदनामलगायतका मूलुकबाट चामाल आयात गर्दै आएको छ । तथ्यांकअनुसार ८ महिनामा सर्बभन्दा धेरै चामाल आयात छिमेकी मूलुक भारतबाटै भएको छ । भारतबाट ८ महिनाको अवधिमा ११ अर्ब ५५ करोड ९४ लाख रुपैयाँको चामाल आयात भएको छ । त्यस्तै दोस्रोमा अमेरिकाबाट २ अर्ब १८ करोड १६ लाख ५० हजार रुपैयाँको चामाल आयात गरिएको छ ।

त्यस्तै भेदनाम ९७ लाख, इन्डोनोसियो ३९ लाख, चीनबाट ९ लाखर इटली ८ लाख रूपैयाँको चामाल नेपाल भित्रिएको छ ।