NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मोदीको मानहानी गरेपछि राहुल गान्धीलाई दुई वर्ष जेल सजायको फैसला

एजेन्सी । भारतीय कांग्रेस आईका नेता तथा लोकसभा सदस्य राहुल गान्धीलाई त्यहाँको सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

उनविरूद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर गरेको टिप्प्णीबारे मानहानीको मुद्दा दायर भएको थियो । ‘सबै चोरहरूको थर मोदी किन हुन्छ ?,’ उनले भनेका थिए । गान्धीको यही अभिव्यक्तिलाई लिएर बिहीबार अदालतले उनलाई दोषी ठहर गरेको हो ।

उनलाई दुई वर्षको कैद सजायसहित १५ हजार रूपैयाँ जरिवाना पनि तोकिएको छ ।

सुनुवाइको क्रममा अदालतमा आफैं उपस्थित भएका गान्धीले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको र त्यतिबेला आफूले भ्रष्टाचारविरूद्ध आवाज उठाएको बताएका थिए ।

उनीविरुद्ध विगत ४ वर्षदेखि मानहानीको मुद्दा चलिरहेको थियो ।

२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्‍यालीमा राहुलले आफ्नो भाषणमा चोरको उपनाम मोदी हो भनेका थिए । ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस्,’ उनले भनेका थिए ।