NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ज्यानमार्ने धम्कीपछि सलमानको ‘शो’ सारियो  

एजेन्सी । सलमान खानको कोलकातामा हुने ‘शो’ मे-जुनमा सारिएको छ । लरेन्स बिश्नोई गिरोहबाट आएको धम्कीपछि ‘शो’ स्थगित गरिएको बताइएको छ । यसअघि यो ‘शो’ जनवरीमा हुने भएको थियो । त्यस समय पनि उक्त ‘शो’ रोकिएको थियो ।

भारतिय सञ्चारमाध्यका अनुसार जनवरीमा ‘शो’ स्थगित भएपछि यसको मिति अप्रिलमा राखिएको थियो तर अहिले फेरि मिति परिवर्तन गरी मे–जुनमा सारिएको हो । सलमान खान हरेक वर्ष देश र विदेशमा दबंग टुर गर्छन् । यसमा उनीसँगै अन्य धेरै सेलिब्रेटीहरू पनि शोमा भाग लिने गरेका छन् ।

यो पटक उनीसँग सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, आयुष शर्मा र गुरु रन्धावा छन् । सलमान खानलाई इमेलमार्फत ज्यानमार्ने धक्की  दिइएको छ । यसबारे जानकारी पाएलगत्तै मुम्बई प्रहरीले गैंगस्टर लरेन्स बिश्नोई, गोल्डी बरार र अर्का एक व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ। यसअघि जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खान र उनका बाबुको ज्यान मार्ने धम्की दिएको थियो ।