NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

व्रत बस्दा के खाने ?

एजेन्सी । व्रतमा नुन, दाल, भात लगायतका दैनिक खानेकुराहरू खानामा समावेश हुँदैन । जसले गर्दा हाम्रो शरीरमा आवश्यक पोषण तत्व पुग्दैन् र शरीर अस्वस्थ र कमजोर हुन्छ । व्रत बस्दा पनि शरीर अन्य दिन झैं उर्जाशिल हुन जरुरी छ । त्यसको लागि तपार्इंले शरीरलाई पोषण दिने खाना खानु पर्छ ।

के खाने ?

दूध

व्रतको समयमा शरीर उर्जाशिल बनाउनका लागि दुध पिउनु पर्छ । दुधमा प्रोटिन पाइने हुँदा कमजोरी महसुस हुँदैन ।

फलफूल

फलफूलको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले व्रत बसेको समयमा अझ शरीरमा उर्जा दिन्छ । फलफूललाई तपाई जुस बनाएर पनि सेवन गर्न सक्नुहुन्छ ।

आलु र गहुँको रोटी

वर्तमा दिनभर नुन नखाँदा शरीर कमजोर भइरहेको हुन्छ । यस्तोमा बेलुकीको खाना पेटलाई आडँ दिने हुनुपर्छ । तपाई बेलुका आलु र गहुँको रोटी खान सक्नुहुन्छ । आलुमा पाइने प्रोटिनले पेट आडिलो बनाउँछ । गहुँको रोटीमा फाइबर हुन्छ । यसले शरीरमा उर्जा दिन्छ भने लामो समयसम्म भोक लाग्दैन् ।

प्रशस्त पानी

व्रतमा शरीर ‘हाइड्रेटेड’ हुन जरुरी छ । त्यसैले व्रत बस्दा पानी खाइरहनु पर्छ । यसले तपाईको शरीर हाइड्रेट बनाउन मद्दत गर्छ । ब्रतको समयमा पनि दिनमा कम्तीमा ८ गिलास पानी पिउनु आवश्यक हुन्छ ।