NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

धेरै पसिना आउँछ ? हुनसक्छ यस्ता रोगको संक्रमण

एजेन्सी । सामान्यतया पसिना आउनुलाई स्वस्थ हुनुको लक्षण मानिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म पसिना आउनु सामान्य प्रक्रिया हो । तर त्यही पसिना अत्यधिक आउनु भने असमान्य हुन सक्छ । यसले शरीर अस्वस्थ रहेको संकेत दिन्छ ।

गर्मी बेढेपछि पसिना आउनु, व्यायाम वा शारीरीक काम गर्दा पसिना आउनु सामान्य हो । तर कहिलेकाहि यो अवस्थाबाहेक नै अत्यधिक पसिना आउने हुन्छ । यस्तो अवस्थामा भने व्यक्ति सचेत हुनुपर्छ ।

आखिर किन आउँछ अत्यधिक पसिना ?

अत्याधिक पसिना आउने अवस्थालाई चिकित्सकीय भाषामा ‘हाइपरहाइड्रोसिस’ भनिन्छ । सामान्य अवस्थामा शरीरको तापक्रमलाई बाहिरी तापक्रम अनुसार सन्तुलनमा राख्न पसिना ग्रन्थीबाट बाहिर निस्कन्छ । जब तापक्रम सन्तुलित हुन्छ, पसिना पनि बन्द हुन्छ ।
तर हाइपरहाइड्रोसिसबाट पीडित व्यक्तिहरूमा यस्तो हुँदैन।

यस्तो समस्या भएका व्यक्तिको पसिना ग्रन्थीहरूबाट बिना कारण पसिना बगिरहन्छन्। एयर कन्डिसनरमा बस्दा पनि उनीहरूको शरीरमा पसिना आउन कम हुँदैन । कतिपय अवस्थामा व्यक्ति स्विमिङ पूलमा हुँदा समेत पसिना आउन सक्छ । हाइपरहाइड्रोसिस दुई प्रकारका हुन्छन्, प्राइमेरी र सेकेन्डरी ।

प्राइमेरी हाइपरहाइड्रोसिसले मुख्य रूपमा हात, खुट्टा, काखी वा अनुहारलाई असर गर्छ भने सेकेन्डरी हाइपरहाइड्रोसिसले पूरै शरीरलाई असर गर्छ । प्राथमिक हाइपरहाइड्रोसिस वंशाणुगत हुन पनि सक्छ । त्यसै गरी सेकेन्डरी हाइपरहाइड्रोसिस गर्भावस्थादेखि लिएर मधुमेह, थाइराइड असन्तुलन, रजोनिवृत्ति, चिन्ता, मोटोपना, पार्किन्सन रोग, रुमेटोइड गठिया, लिम्फोमा अथवा कुनै पनि संक्रमण, हृदय रोग, श्वासप्रश्वासको रोगका कारण हुन सक्छ ।

मदिराको अत्यधिक सेवन, निश्चित प्रकारका औषधिहरू जस्तै अल्जाइमर, एन्टिडिप्रेसेन्ट, मधुमेह, ग्लुकोमाहरुको औषधिको प्रयोगबाट पनि हाइपरहाइड्रोसिसको समस्या निम्तिन सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष