NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राजावादीलाई माधवको प्रश्न : नेपालका कुन राजा गतिला थिए र ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका राजाहरू कुनै गतिला नभएको टिप्पणी गरेका छन् । राजाका समर्थकहरूलाई  नेपालमा राजा कुनै गतिला थिए भन्ने प्रश्न गरेका हुन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टीनिकट भूपू सैनिकहरूको कार्यक्रममा बोल्दै उनले तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त हुन नसकेको आरोप लगाए ।

‘अहिले तपाईं देखिरहनुभएको छ ‘राजा आऊ, देश बचाऊ’ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। के नेपालमा राजा कुनै गतिला छन् ?’

कार्यक्रमा उनले राजा आएर उनीहरूले अब देश विकास गर्न नसक्ने राखे ।