NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

शेखर कोइरालाले किन देखे मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व र कम्पनको संकेत ? (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनीतिमा अकल्पनीय द्वन्द्व र कम्पनहरूको अनेकौं कम्पन आउने संकेत देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले आफ्नै कारणले संघीय गणतन्त्रमाथि चुनौती थपिएको आत्माबोध गरे । ‘देशको निराशाजनक अर्थतन्त्रबारे गम्भीर बहस पनि सुरू भइसकेको छ । समामाजिक र साँस्कृतिक पक्षबाट भोगी रहेको नैतिक संकट हामीबीच छलफल हुन बाँकी नै छ । देशको यस्तो संकट आउँदा बाह्य कारण खोजेर पन्छिनुभन्दा समग्र संकटको कारण आफै भएको र समाधान दिनुपर्ने पनि आफै भएको नैतिक जिम्मेवारीको आत्मबोध गरी म यहाँ उभिएको छु’, उनले भने ।

उनले राजनीति प्रणाली जतिसुकै राम्रो भएपनि विशिष्ट व्यक्तिबाट त्यो अनुरुप व्यवहार नभए अराजकताले मात्र प्रसय पाउने नभइ प्राप्त उपलब्धीसमेत धरापमा पर्न सक्ने चेतावानी दिए । संसद गणितको मात्र खेल नभइ तीन करोड नेपलीको आस्थाको केन्द्र भएको स्मरण गराउँदै उनले संसद, सरकार र प्रतिपक्षी दल एक ठाउँमा उभिन आग्रह गरे ।

‘संसद गणितको मात्र खेल होइन यो तीन करोड नेपालीको आस्थाको केन्द्र हो । अब ढिलो नगरी संसद,सरकार र प्रतिपक्ष एक ठाउँमा उभिन जरुरी छ’, उनले भने, ‘हामी आफ्नै कमजोरीका कारण संसद र व्यवस्थामाथि वितिष्णा दिनप्रति दिन चुलिँदो छ । यो हाम्रो राजनीति प्रणालीको असफलताको प्रतिबिम्भ हो ।’

संसदको विशेष समयम १२ मिनेटको समय लिएर सम्बोधन गरेका उनले देशको समग्र आर्थिक संकटबारे सरकारको ध्यानकर्षण गराए ।