NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मन्त्री छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकेको छ ।

सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

सरकारमा पार्टीका तर्फबाट पठाइने मन्त्रीबारे निर्णय लिन बैठक डाकिएको कांग्रेसका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका निर्वाचनपछि बनेको गठबन्धन आबद्ध दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसके पनि क–कसलाई मन्त्री बनाउने भन्ने अहिलेसम्म टुंग्याएको छैन । मन्त्रीका आकांक्षी धेरै भएकाले टुंग्याउन सकस परिरहेको बताइएको छ ।

कांग्रेसका एक नेताले भोलि बस्ने बैठकले यसबारे ठोस निर्णय लिने जानकारी दिए ।