NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

तीन एआइजीको सरूवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) को सरूवा गरेको छ ।

मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णय अनुसार उनीहरूलाई एआइजीमा बढुवा गरिएसँगै पदस्थापन गरिएको हो । नक्सालस्थित प्रहरी प्रधान कार्यालयका विभिन्न विभागमा रहेका तीन एआइजीको सरूवा भएको हो ।

हाल उक्त कार्यालयको मावनस्रोत विकास विभागमा रहेका टेकप्रसाद राईको महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा सरूवा भएको छ ।

कार्य विभागमा रहेका श्यामलाल ज्ञवालीलाई रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरूवा भएको छ भने प्रदेश समन्वय विभागका किरण बज्रचार्यलाई महारजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरोमा सरूवा गरिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष