NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

शाओमी १३ लाइट सार्वजनिक, कति पर्छ मूल्य ? 

काठमाडौं । शाओमीले शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘शाओमीकोलक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु  हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो  कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं ।’

फ्ल्यागशिप इमेजिङ प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामेराको साथ मास्टरपिस पोर्ट्रेटहरू 

शाओमी १३ लाइटमा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा मुख्य क्यामेरा रहेको IMX766 सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल  फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार  पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ  सुसज्जित छ । 32MP फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको 8MP फ्रन्ट  क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा  काम गर्दछ । शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका  व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम  इन वा जुम आउट गर्दछ ।

सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश  गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम  बनाउँछ । यसमा भएको २ह सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम  बनाउँछ ।

अविश्वसनीय रूपमा हल्का र स्लिम डिजाइन

स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट  डिजाईन गरिएको छ । यसको 6.55 कर्भ डिस्प्लेलेशाओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल  अनुभव प्रदान गर्दछ। घम् कर्भ बडी डिजाइनले सहज ह्यान्ड ग्रिप पनि प्रदान गर्दछ ।

फ्ल्यागशिप चिपसेट र टर्बो चार्जिङ प्रविधिद्वारा समर्थित 

शाओमी १३ लाइटमा Snapdragon® 7 Gen 1 मोबाइल प्लेटफर्म, २० प्रतिशत सुधारिएको GPU कार्यसम्पादन र कार्यसम्पादनमा ३० प्रतिशत वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग सुसज्जित छ। शाओमी १३ लाइट  सुधारिएको कुलिङ क्यापासिटी र डुअल फ्रन्ट क्यामेराहरूको साथ उपलब्द छ । यो स्मार्टफोन समान  रूपमा शक्तिशाली 4,500mAh ब्याट्री र 67W  वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म  प्रयोग गर्न मद्दत गर्छ ।

जीवन्त तथा आईकेयरिंग डिस्प्ले 

अविश्वसनीय डिस्प्ले टेक्नोलोजी रहेका शाओमी १३ लाइट 6.55æ AMOLED, Dolby Atmos®  डिस्प्ले, Dolby Vision®  सुविधाहरूको साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई उच्च–इमर्सिभ भिजुअल र अडियो  अनुभव प्रदान गर्दछ । ज्ञद्दण्ज्श सम्मको स्क्रिन रिफ्रेस रेट र द्दद्धण्ज्श को टच सम्प्लिंग रेटको साथ, यसको  डिस्प्लेले सामग्री उपभोग र गेमिङको लागि फ्ल्यागशिप–स्तरको सहजता प्रदान गर्दछ । यसको साथै,  शाओमी १३ लाइटले ६८ बिलियन रङहरू प्रदर्शन गर्न जसले सोशल मिडियामा तपाइँको मनपर्ने  पोर्ट्रेटहरू ब्राउज गर्दा सही रङहरू प्रदान गर्न सक्षम बनाउँछ । प्रयोगकर्ताहरूको आँखाको सुरक्षाको  लागि सनलाइट मोड र रिडिङ मोडको साथ सुनिश्चित गरिएको छ जसले आरामदायी दृश्य अनुभव  प्रदान गर्दछ ।

बजार उपलब्धता 

लाइट ब्लू र लाइट पिंक गरि शाओमी १३ लाइट दुई रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यस्तै ८+१२८जीबी र ८+२५६जीबी गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार ८+१२८जीबी र ८+२५६जीबी भेरियन्टको मूल्य क्रमशः ५४ हजार ९९९ र ५७ हजार ९९९ रुपैयाँ हुनेछ।

शाओमी १३ लाइट २०७९ चैत्र १३ गते बाट नेपालभर आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ कम्पनीले जनाएको छ ।