NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

मेरो सुझावपछि मिटरब्याजपीडित बालुवाटारतिर लाग्नु भो : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजपीडित बालुवाटार पुगेर आन्दोलन गर्नुपर्छ भन्ने आफ्नो कुरामा कन्भिन्स भएको बताएका छन् ।

मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको विषयमाथि सामाजिक सञ्जालमा प्रष्टीकरण सार्वजनिक गरेका उनले आफ्नो सुझावपछि मिटरब्याजपीडित कन्भिन्स भएको र  संघीय सरकारलाई दबाब दिन प्रधानमन्त्रीनिवास बालुवाटारतर्फ लागेको बताए ।

‘खुलामञ्चको बिषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने प्रयास शंकास्पद देखिएकाले रोकेको पनि बालेनले प्रष्ट पारे । यसअघि बासका लागि खुलामञ्च प्रवेश गर्न लागेका मिटरब्याजपीडितलाई महानगर प्रहरीले रोकेपछि मेयर बालेनको आलोचना भएको थियो ।

मिटरब्याजपीडितको समस्या समाधानमा स्थानीय तह र प्रदेशले देखाएको उदासीनताले संघीयतामाथि नै प्रश्न उठेको उल्लेख गर्दै बालेनले मन्त्रिपरिषद्बाट निर्णय गराएर यो समस्याको शीघ्र समाधान खोज्न सुझाएका छन् ।

बालेनले प्रष्ट्याए खुलामञ्चमा मिटरब्याजपीडितलाई बास नदिनुको कारण