NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सानिमा बैंकद्वारा देशैभरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैं । ‘ग्लोबल मनी २०२३’ अन्तर्गत सानिमा बैंकले देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैंकका अनुसार उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

वित्तीय साक्षरताअन्तर्गत देश भरिका शाखाहरुमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरिएको बैंकले जनाएको छ । साथै, Global Money Week 2023 मा सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको थियो ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ एटिएम सञ्जालहरु संचालनमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष