NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अत्यधिक बेसारको प्रयोग हानिकारक

एजेन्सी । हामीले प्रायजसो बेसारका धेरै फाइदा मात्र सुनेका छौं । सामान्य रुघाखोकीदेखि गम्भीर रोगमा पनि बेसारका फाइदा उल्लेख्य नै छन् ।

तर एउटा भनाइ छ, अत्यधिक प्रयोग जे कुरा पनि हानिकारक हुन्छ । बेसार पनि उस्तै हो । यसको सामान्य प्रयोग लाभदायिक भए पनि अत्यधिकले भने नोक्सान पुर्याउन सक्छ । बेसारको अत्यधिक प्रयोगले रक्तअल्पता, शरीर दुख्ने जस्ता धेरै समस्याको निम्तिने गरेको विज्ञ बताउँछन् ।

बेसारले शरीरबाट रगतमा आइरन प्रवेशमा रोक लगाउँछ जसका कारण आन्द्रामा आइरन पग्लिँदैन । आइरनले शरीरमा हेमोग्लोबिनको मात्रा कायम राख्न मद्दत गर्छ । त्यसैले बेसार बढी खाँदा एनिमिया हुने सम्भावना रहन्छ । शरीरमा बेसारको प्रभाव तातो उत्पन्न गराउने हुन्छ । त्यसैले गर्मी मौसममा बेसारको प्रयोग धेरै गर्नुहुँदैन ।

मृगौला र पित्तथैलीमा पत्थरी भएका व्यक्तिले बेसारको धुलोमा पानी वा दूधमा मिसाएर पिउनु हानीकारक हुन्छ । बेसारमा क्याल्सियम अक्सालेटको मात्रा उच्च हुन्छ जसले पत्थरी बढाउने काम गर्छ । गर्मीमा धेरै बेसारको प्रयोगले पेट दुख्ने तथा फुल्ने समस्या निम्त्याउन सक्छ । त्यसैले गर्मीमा यसको प्रयोग सिमित मात्रामा गर्नुपर्छ ।